arin enterprises

प्रधान सेनापति र नवनिर्वाचित नगर प्रमुखबीच भेटघाट

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ १६, सोमबार

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह बीच जंगी अड्डामा सदभावना भेटघाट भएको छ ।  

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शाहलाई प्रधान सेनापति महारथी शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

यस किसिमको भेटघाटले नेपाली सेना र काठमाण्डौं महानगरपालिकाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध तथा सद्‍भाव थप प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ । 

Categorized in समाज