arin enterprises

धर्मपुत्रीको साथमा आमाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ १९, बिहिबार

पोखराको सिर्जनाचोकमा एक महिलाको साथमा एक बालिका कोठाभित्र मृत अवस्थामा भेटिएका छन ।

महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा र बालिकालाई सलले बाँधेर हत्या गरिएको अवस्थामा भेटिएका हुन् ।

चितवनको रत्ननगर नगरपालिका घर भई पोखराको सिर्जनाचोकमा वस्दै आएकी ३९ बर्षिया सुशीला शर्मा झुण्डिएको अवस्थामा भेटिएकी हुन ।

मृतक सुशीलाका श्रीमान ४० बर्र्षीय सञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमति सुशिलाले सात बर्षिया छोरी सोनियाको हत्या गरेर आफुले पनि आत्महत्या गरेकी प्रहरीलाई बताएका छन् ।

पोखराको सिर्जनाचोकस्थित लिटिल स्टेप स्कुलमा कक्षा दुईमा पढ्दै गरेकी सोनियालाई संजय र सुशिलाले धर्मपुत्रीको रुपमा पाल्दै आएका आफन्तले वताएका छन् । 

Categorized in समाज