ओरिगीले लिभरपुल छाडे
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २७, शुक्रबार

इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिभोक ओरिगीले क्लब छाडेका छन् । लिभरपुलले एक विज्ञप्ति निकाल्दै २७ वर्षीय ओरिगीले क्लब छाडेको जनाएको छ ।
बेल्जियमका ओरिगी २०१४ मा लिलबाट लिभरपुल आएका थिए । उनी इटालियन क्लब एसी मिलान जाने बताईएको छ ।
यस्तै गोलकिपर लोरिस करिउसले विंगर शेई ओजो, मिडफिल्डर बेन उडवर्न र एकेडेमीका अन्य तीन खेलाडीले समेत लिभरपुल छाडेको जनाएको छ ।
Categorized in स्पाेर्ट्स