पत्रकार दबूबाट पत्रकारिता क्षमता अभिवृद्धि तालिम
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ ३०, सोमबार

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाबाट आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
समापन समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले तालिमका सहभागीहरुलाई निरन्तर यस क्षेत्रमा लागि रहनुपर्ने र पत्रकारितामा इमान्दारिताको खाँचो रहेको विचार राखे ।
तालिम आयोजक पत्रकार दबू काठमाडौंका अध्यक्ष अर्विन्द्रमान सिंहले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका विषयवस्तुहरुलाई व्यवहारमा उतार्न आग्रह गर्दै सबैको उज्वल भबिष्यको कामना गरे ।
काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने तालिम सम्पन्न भएको हो । तालिममा ५७ जना प्रशिक्षाथीले सहभागीता जनाएका थिए । अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा केन्द्रित रहँदै प्रशिक्षार्थीलाई प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षार्थीहरुलाई सुरेश किरण मानन्धर, वेदबहादुर राना मगर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोज रत्न शाहीलगायतले प्रशिक्षण दिनुभएको थियो ।
Categorized in समाज