arin enterprises

रक्तदाता दिवसको अवसरमा काठमाडौंमा रक्तदान

SamacharDesk – विनाेद तुलाधर | २०७९ जेठ ३०, सोमबार

विश्व रक्तदाता दिवसको पूर्व सन्ध्यामा आज ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाबाट रक्तदान कार्यक्रम गरिएको छ ।

काठमाडौंको ऐतिहासिक दरवार क्षेत्र बसन्तपुरमा भएको रक्तदान कार्यक्रममा जम्म ४५ जनाले रक्तदान गरेका थिए ।

हरेक वर्ष जुन १४ तारीखका दिन विश्वभरीमा विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाईँदै आएको छ । यसै सन्दर्भमा नेपालमा पनि ब्लोदानले वर्षेनी रक्तदानलगायत विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

यसै सन्दर्भमा आज वसन्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

साथै भोलि दिवसकै अवसरमा काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्न लागिएको ब्लोदानले जनाएको छ ।

स्वास्थ्यमन्त्री बिरोध खतिवडाको उपस्थिती रहने कार्यक्रममा रक्तदानको क्षेत्रमा योगदान दिने संस्थाहरुको साथमा निरन्तर रुपमा रक्तदान गर्दै आएको रक्तदाताहरुलाई सम्मान गरिने ब्लोदानले जानकारी दिएको छ ।

Categorized in समाज