arin enterprises

त्रिचन्द्र कलेज पुननिर्माण गरिदिन प्रदर्शन

SamacharDesk | २०७९ जेठ ३१, मंगलबार

त्रिभुवन चन्द्र कलेज नाममा एक सय चार वर्ष अघि स्थापना भएको कलेज पुनर्निर्माणको माग गर्दै विद्यार्थीले बिरोध प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयभन्दा ४० वर्षअघि स्थापना भएको यस कलेजले थुप्रै नेता, कलाकार, साहित्यकार, बैज्ञानिक, इन्जिनियर लगाएतका विशिष्ठ व्यक्तित्वहरु जन्माएको छ ।

तर विडम्वना नै मान्नु पर्छ, यस्तो गौरवपूर्ण इतिहास बोकेको कलेजको अस्तित्व मेटिन लाल्दा समेत कसैको ध्यान पुगेको छैन ।

आज कलेज अगाडि विद्यार्थीले कलेज पुनर्निर्माणको माग गर्दै सडकमै पढेर बिरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् ।

कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए ।

अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढिरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ ।

उनीहरुले सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको आरोप लगाए ।

२०७२ सालको महाभूकम्पले क्षति पु¥याएपछि संरक्षणको अभावमा दक्षिणी भाग पूर्ण रुपमा जीर्ण बनेको छ ।

पटना विश्व विद्यालयबाट सम्बन्धन लिएर सुरु गरिएको यो कलेजले नेपालको शैक्षिक विरासत बोकेको कलेजको रुपमा परिचित छ ।

Categorized in राष्ट्रिय