arin enterprises

‘सुपर डान्सर नेपाल’को डिजिटल अडिशन सुरु

SamacharDesk | २०७९ जेठ ३१, मंगलबार

फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको छ ।

काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेशन्स शेन म्यानेजर रश्मी अग्रवालले बताईन् ।

अडिशनबाट छानिएका प्रस्तुती पर्दामा प्रदर्शन हुन भने बाँकी छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ । यस्तै, भोलीदेखि डिजिटल अडिशन हुने अग्रवालले जानकारी दिइन् ।

छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको उनले बताइन् । फिजिकल अडिशन दिएका प्रतिस्पर्धीले डिजिटल अडिशन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र क्वालीलिमा हुनुपर्ने बताईएको छ ।

भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । असार १ गतेदेखि शुरु हुने डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।

‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारीक रुपमा‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार ए.डी. रिलिजको रहेको छ ।

ए.डी. रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को ए.डी. रिलिजले गरेको छ ।

Categorized in पेजथ्री