मोर्गनले सन्यास घोषणा गर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ १४, मंगलबार

इंग्ल्यान्डका कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्ने भएका छन् ।
३५ बर्षीय मोर्गनले मंगलबार सन्यासको घोषणा गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
मोर्गनको कप्तानीमा इंग्ल्यान्डले २०१९ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।
पछिल्लो केहि समयदेखि दाहिने खुट्टाको मांसपेशीको चोटका कारण पछाडीका दिनमा उनी राम्रोरी खेल्न सकेका छैनन् ।
मोर्गन एकदिवसीय र टी–ट्वान्टीमा इंग्ल्यान्डका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
उनले एकदिवसीयमा २ सय २५ खेल खेल्दै ६ हजार ९५७ रन बनाउँदा टी–ट्वान्टीमा १ सय १५ खेल खेल्दै २ हजार ४५८ रन बनाएका छन् ।
मोर्गनको रिक्त स्थान जोस बट्लरले लिने सम्भावना रहेको छ ।
Categorized in स्पाेर्ट्स