arin enterprises

ज्यापू गुथीका गुरुहरु सम्मानित

SamacharDesk | २०७९ आषाढ २९, बुधबार

आज गुरु पूर्णिमा । आषाढ शुक्ल पूर्णिमाका दिनलाई गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मान्ने गरिन्छ ।

यसै अवसरमा आज ज्यापु स्ांस्कृति विकास कोषले काठमाण्डौं महानगरपालिकाभित्र रहेका ज्यापु गुठीका मुल गुरुहरुलाई सम्मान गरेको छ ।

कोषले आज गुरु पूर्णिमाका अवसरमा महानगरपालिकाभित्र रहेका ६३ वटा ज्यापु गुथीका मूल गुरुहरुलाई सामूहिक गुरु पूजा गरी सम्मान गरेको हो । नेवारी परम्परा अनुसार उहाँहरुलाई सगुन दिई सम्मान गरिएको हो ।

कार्यक्रममा यस बर्षको स्थानीय चुनावमा काठमाडौ महानगरपालिकामा निर्वाचित ज्यापु जनप्रतिनिधिहरुलाई पनि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा १९ औं राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०७९ को संयोजक पञ्चनारायण महर्जनलाई संयोजकत्वको जिमेवारीपत्र सहित कार्यक्रम संचालनका लागि एक लाखको चेक हस्तान्तरण गरिएको थियो । कोषले ६२ वटै गुठीहरुलाई १० हजार नगद अनुदान वितरण गरेको थियो ।

काठमाण्डौ महानगरपलिका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको सभापतित्व कोषका अध्यक्ष मंगलकृष्ण सिंहले गर्नुभएको थियो ।

Categorized in स्थानीय