arin enterprises

मन्त्री श्रेष्ठले भट्टराईलाई दिए चोरको संज्ञा

SamacharDesk – बिराज | २०७९ आषाढ २९, बुधबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई चोरको संज्ञा दिएका छन् ।

बीरगंजमा जारी जसपाको केन्द्रीय वैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका वरिष्ठ नेता श्रेष्ठले यस्तो भनेका हुन् ।

नेता श्रेष्ठले संघीय परिषद अध्यक्ष भट्टराईले बिरालोलाई दुधको साक्षी राख्दा दुध चोरेर खाएजस्तै बाबुरामले पार्टी नै खान खोजेको जस्तो व्यवहार गरेको दावी गरे ।

बाबुरामलाई केन्द्रीय वैठक बोलाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै श्रेष्ठले भने, ‘जो चोर उसैको ठुलो स्वर ।’

पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षबाट बीरगंजमा केन्द्रीय वैठक आह्वान गरेकै समयमा यता संघीय परिषद् अध्यक्ष भट्टराईले भने काठमाडौंमा केन्द्रीय समिति वैठक बोलाएको छ ।

बीरगंजमा हाल जारी रहेको केन्द्रीय वैठकमा दुई तिहाई बहुमतको उपस्थिती रहेको बताउँदै श्रेष्ठले पार्टी पुनर्गठन गर्दै नयाँ ढङ्गले अगाडी बढ्ने बताउनुभयो ।

‘धान रोप्दा घाँस पनि उम्रिन्छ, घाँस उखेलेर फाल्ने हो र धान सपार्ने हो । हामीसँग बहुमत सदस्य रहेको आजको वैठकले प्रमाणित गरिसक्यो । अब पार्टी पुनर्गठन गरेर अगाडी बढ्ने हो’ श्रेष्ठले भने ।

पार्टीले भट्टराईलाई भूगोल अनुसार स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको सम्भाव्यताको अध्ययनको जिम्मेवारी दिएकोमा नगरपालिका गाउँपालिकातिर मात्र ध्यान दिएर एकल जातीय, नश्लिय व्यवस्थालाई नै निरन्तरता दिन खोजेको पनि उहाँले बताउनुभयो ।

समानता र समावेशीको कुरा गर्दा जातीय देख्ने नजर नश्लीय भएको भन्दै अहिले देखिएको समस्या क्षणिक मात्र भएको र यस समस्याले पार्टी तहसनहस नहुने दावी श्रेष्ठले गरे।

Categorized in राजनीति
SKIP THIS tihar2082