arin enterprises

खड्गी सेवा समितिमा अन्जिताकै नेतृत्व

SamacharDesk – सोसियल ब्यूरो | २०७६ माघ १९, आइतबार

नायः समुदायको छाता संगठन खड्गी सेवा समितिको नयाँ कार्यकालको लागि फेरी पनि अन्जिता खड्गीकै नेतृत्व पाएको छ । समितिको सातौं महाधिवेशनले साविक अध्यक्ष अन्जिताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

आइतवार सम्पन्न महाधिवेशनको वन्द सत्रमा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश खड्गी चयन भए ।

त्यसैगरी उपाध्यक्षत्रयमा दिल बहादुर खड्गी, गोविन्द बहादुर शाही, श्रवण कुमार नेवाः खड्गी चुनिए ।

महासचिवमा भने राज शाही र उप महासचिवमा राकेश खड्गी रहेका छन् । कोषाध्यक्ष पदका लागि प्रदिप खड्गी चयन भए । 

चार सदस्यमा तोरण बहादुर शाही, मुकेश शाही, सबिक शाही र सजित खड्गी रहेका छन् ।

वन्द सत्रले केन्द्रीय समितिबाट प्रस्तुत गरिएको आर्थिक साथै वार्षिक कार्यप्रगती प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ । 

समितिको सातौं महाविधेशनमा २५ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक गरी जम्मा ४५० जनाको सहभागीता रहेको थियो ।

Categorized in समाज