फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश
SamacharDesk | २०७९ श्रावण ८, आइतबार

नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले पेनाल्टीमार्फत निर्णायक गोल गरिन् ।
इंग्ल्याण्डको रोथरह्याममा गएराति भएको क्वाटरफाइनल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा १–० ले हरायो ।
जितसँगै फ्रान्स पहिलो पटक युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश ग¥यो । फ्रान्सले अब बुधवार हुने सेमिफाइनलमा ८ पटकको च्यापियन जर्मनीसँग खेल्नेछ ।
प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा आयोजक इंग्ल्याण्ड र स्विडेन भिड्नेछन् ।
Categorized in स्पाेर्ट्स