arin enterprises

न्हूघःस्थित कृष्ण मन्दिर पुनर्निर्माण हुने

SamacharDesk – Ram Dangol | २०७९ श्रावण ९, सोमबार

न्हूघः अवस्थित श्रीकृष्ण मन्दिरको पुनःनिर्माण काम थालनी भएको छ ।

भूकम्पका कारण जीर्ण अवस्थामा रहेको श्रीकृष्ण मन्दिर अहिले पुनःनिर्माण गर्न लागेको हो ।

आज एक कार्यक्रमकाबीच मन्दिर पुनःनिर्माणको शिलान्यास गरिएको छ । कामपाको आर्थिक सहयोगमा निर्माण गरिन लागिएको मन्दिरको शिलान्यास पूर्वमेयर विद्यासुन्दर शाक्यले गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा कामपा २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, जैशीदेवल यूथ क्लबका अध्यक्ष राजेश प्रजापति लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

५३ लाख ३० हजार दुई सय ४६ रुपैयाँ २१ पैसा लागत इष्टिमेट रहेको मन्दिर निर्माणमा कामपाबाट ५० लाख ६३ हजार सात सय ३३ रुपैया ९० पैसा अनुदान स्वरुप प्राप्त हुने र बाँकि दुई लाख ६६ हजार पाँच सय १२ रुपैयाँ ३१ पैसाका लागि जनसहभागिता जुटाइने जैशीदेवल युथ क्लबका अध्यक्ष प्रजापतिले बताउनुभयो ।

मन्दिरको लागि पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्नेको नाम शिलापत्रमा राखिने उपभोक्ता समितिले जनाएको छ ।

Categorized in स्थानीय