arin enterprises

राजोपाध्याय समाजको पञ्चाभिषेक रूद्री समापनको तयारी तीब्र

SamacharDesk – बिराज | २०७९ श्रावण १०, मंगलबार

राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन समारोहको तयारी तीब्र भएको छ ।

समाजले विभिन्न उपसमितिहरु गठन गर्दै समारोहको तयारी तीब्र बनाएको समाजको अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनु भएको हो ।

एक वर्षसम्म मासिक रूपमा आयोजना भएको पञ्चाभिषेकको समापन समारोहमा पूजा व्यवस्थापनको जिम्मेवारी समाजका केन्द्रीय सदस्य रक्षण राजोपाध्यायलाई दिइएको छ भने प्रचार प्रसार राजोपाध्याय समाज मिडिया सेन्टरबाट गरिने भएको छ ।

त्यस्तै आर्थिक उपसमितिको जिम्मेवारी केन्द्रीय कोषाध्यक्ष उद्धव आचार्य राजोपाध्यायले, स्वयम् सेवकको जिम्मा श्रीमणिराज शर्मा राजोपाध्याय र भोजन, समयबजिको जिम्मेवारी काठमाडौं समितिकी कोषाध्यक्ष विद्या राजोपाध्यायलाई दिइएको छ ।

प्राविधिक व्यवस्थापन काठमाडौं सचिव राजीव राजोपाध्यायलाई, भजनको जिम्मेवारी काठमाडौं जिल्ला संयोजक सुजित राजोपाध्यायलाई दिइएको छ ।

कलश यात्राको लागि ललितपुर सचिव मिनर्वा शर्मा राजोपाध्याय, बाजा टोलीको लागि केन्द्रीय सचिव बन्दना राजोपाध्याय र टीका प्रसाद वितरणको जिम्मेवारी काठमाडौं जिल्ला सदस्य किशोर शर्मा राजोपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

समाजले पञ्चाभिषेक रूद्रीको समापन आउँदो श्रावण २४ गते काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महोदव मन्दिरमा गर्न लागेको छ ।

समापन समारोहमा ११ जना देव ब्राम्हणहरुबाट लघुरूद्राभिषेक, चण्डी, शिव पञ्चाङ्गको साथमा अयुताहुति यज्ञ र कलश यात्रासमेत गर्न लागिएको छ ।

अध्यक्ष राजोपाध्यायका अनुसार श्रावण २४ गते विहान ८ बजे कलश यात्राबाट शुरु हुने कार्यक्रम लघुरूद्री, चण्डी, पञ्चाङ्ग पाठ र अयुताहुति यज्ञ गर्दै साँझ ५ बजेतिर भजन र आरती गर्दै सम्पन्न हुनेछ ।

समाजले कोरोना महामारीबाट मुक्ति र विश्वशान्तिको कामना गर्दै समाजले गत २०७८ श्रावण महिनाबाट पञ्चाभिषेक रूद्री कार्यक्रमको शुरुवात गरेको थियो ।

एक वर्षसम्म निरन्तर आयोजना गर्दै गत असार महिनामा १२औं पटकको रूद्री सम्पन्न भइसकेपछि श्रावण २४ गते यसको औपचारिक समापन गरिन लागेको हो । 

Categorized in संस्कृति