arin enterprises

६ महानगर प्रमुखहरु पोखरा भेलामा

SamacharDesk | २०७९ श्रावण १३, शुक्रबार

देशभरका महानगरपालिकाका मेयर र उपमेयरहरु पोखरामा भेला भएका छन् ।

पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा देशका ६ वटा महानगरका मेयर तथा उपमेयर र प्रशासकीय अधिकृतहरु सहाभागी भएका छन् ।

काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा आइपुगेका हुन् ।

वीरगञजका मेयर राजेशमान सिंह र बिराटनगरकी उपमेयर इन्दिरा कार्की भने पोखरा आइपुगेकी छैनन् । महानगरका मेयर र उपमेयरले सारङकोटमा दुई दिनसम्म विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

महानगरहरुले हालसम्म गरेका कामहरुका अनुभव आदान प्रदान गर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ । सम्मेलनबाट काम गर्ने शिलशिलामा अनुभव गरिएका वैधानिक तथा कानुनी अडचनहरुबारे छलफल गरेर नयाँ कानुनका लागि प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने बुझिएको छ ।

भोलिसम्म चल्ने सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्क्ष डा जगदीशचन्द्र पोखरेलले संघीयता, महानगर र अबको बाटोबारे प्रस्तुती दिने बताइएको छ ।

Categorized in स्थानीय