युरोकप महिला फुटबलको उपाधि ईंग्ल्याण्डले जित्यो
SamacharDesk | २०७९ श्रावण १६, सोमबार

इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ ।
लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो ।
खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी इल्ला टुनेले पहिलो गोल गरिन् । ७९ औं मिनेटमा जर्मनीकी लिना म्यागलले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो ।
अतिरिक्त समयमा सब्स्टीच्युट खेलाडी क्लोए केलीले इंग्ल्याण्डको लागि निर्णायक गोल गरिन् । जितसँगै इंग्ल्याण्डले सन् १९६६ को पुरुष विश्वकप पछि पहिलो मेजर फुटबल उपाधि हात पा¥यो ।
त्यतीबेला पनि फाइनलमा तत्कालिन पश्चिम जर्मनीलाई हराउँदै इंग्ल्याण्डको पुरुष टोलीले विश्वकप फुटबल जितेको थियो ।
Categorized in स्पाेर्ट्स