भूमि आयोग काठमाडौं जिल्ला अध्यक्षमा श्यामकृष्ण नियुक्त
SamacharDesk – बिराज | २०७९ श्रावण १९, बिहिबार

भूमि आयोग काठमाडौं जिल्लाको अध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालका श्यामकृष्ण प्रजापति नियुक्त भएका छन् ।
भख्खरै सम्पन्न मन्त्रिपरिषद् वैठकले प्रजापतिलाई भूमि आयोग काठमाडौं जिल्ला अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रजापति सत्तारुढ गठबन्धद दलको समर्थनमा आयोग काठमाडौं जिल्लाका अध्यक्ष बनेका हुन् ।
‘विगतमा पनि भूमिहिनहरुको अधिकारको लागि संघर्ष गर्दै आएको नै हो, अब नीति निर्माण तहमै काम गर्ने मौका पाएको छु । हुकुम्वासीहरु सुकुम्वासी बनेर सुविधा लिने र रैथानेहरु भने सुकुम्वासी बन्ने परिस्थितीको अन्त्य गर्न भूमिका खेल्नेछु’ नवनियुक्त अध्यक्ष प्रजापतिले समाचारडेस्कसँग कुरा गर्दै भने ।
आयोग काठमाडौं जिल्लाको नवनियुक्त अध्यक्ष प्रजापति जसपा नेपाल काठमाडौं जिल्लाका पनि अध्यक्ष हुन् भने सोही पार्टी अन्तर्गतको जनसरोकार समन्वय समितिका संयोजकसमेत हुन् ।
प्रजापति फास्ट ट्र्याक, उपत्यकाको गैरन्यायिक सडक विस्तारको साथमा भूमिहिन वर्गको अधिकारको क्षेत्रमा लामो समयबाट संघर्षरत छन् ।
साथै, उनी गुठी विधेयकविरुद्ध भएको आन्दोलनका प्रथम संयोजकसमेत हुन् ।
Categorized in राजनीति