arin enterprises

हेटौंडामा ४ सवारी साधन ठोक्किएर दर्जन बढी घाइते

SamacharDesk | २०७९ श्रावण २३, सोमबार

हेटौंडामा स्कुल बससहित ४ सवारी सवारी साधन एकापसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् ।

घाइतेमध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार, स्कुल बसलाई ठक्कर दिंदा दूर्घटना भएको हो । सवारी साधनहरु ठोक्किएपछि प्रहरीले घाइतेहरुलाई उद्धार गरी अस्पताल लगेको छ ।

घटनामा मानवीय क्षति भने भएको छैन ।

Categorized in समाज