arin enterprises

विश्वकै उत्कृष्ट पाँचमा पर्न सफल काठमाडौंको स्मार्ट ट्वाइलेट

SamacharDesk | २०७९ श्रावण २३, सोमबार

विश्वकै पांच उत्कृष्ट सरसफाई (सेनिटेसन) परियोजनामा छनौट भएको स्मार्ट ट्वाइलेट काठमाडौंमा ६ र ललितपुरमा २ गरी कुल आठ ठाउंमा सन्चालनमा आउंदैछ ।

एयरोसन ट्वाइलेटद्वारा तयार पारिएको सो ट्वाइलेटमा स्वचालित फ्लस प्रणाली, रेनवाटर हार्भेष्टिंग तथा रिचार्ज, वेष्ट वाटर रिसाइकल तथा वायोग्याँस प्रणालीमा आधारित क्याफे पनि संचालनमा ल्याइएको छ ।

एयरोसन का प्रवद्र्धक प्रकाश अमात्यका अनुसार सो स्मार्ट ट्वाइलेट गत २०२१ म स्वीडेनको स्टकहोममा आयोजित सराफती सेनिटेसन च्यालेन्ज प्रतियोगितामा उत्कृष्ट पांच मध्ये पर्न सफल भएको थियो ।

सो प्रतियोगितामा सहभागी अन्य उत्कृष्ट चार देशहरु मध्ये संयुक्त राज्य अमेरिका, घाना, मेक्सिको र जोर्डन थिए ।

हाल काठमाडौंको स्वयम्भू, वानेश्वर, त्रिपुरेश्वर, रामघाट र परोपकार तथा ललितपुरको मंगलबजार लगायत दुई ठाउंमा संचालनमा आइसेको छ भने त्रिपुरेश्वर स्थित पासपोर्ट कार्यालयमा अर्को एक स्मार्ट ट्वाइलेट छिट्टै सन्चालनमा आउँंदैछ ।

Categorized in स्थानीय