arin enterprises

टेकूका स्थानीयले फोहोर फाल्न अवरोध गरे

SamacharDesk | २०७९ श्रावण २६, बिहिबार

महानगरमा थुप्रिएको फोहोर गत सातादेखि बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध गरेपछि टेकूस्थित ट्रान्सफर स्टेशनमा फाल्दै आएको छ ।

तर उक्त क्षेत्रका स्थानीयहरुले पनि त्यहाँ फोहोर थुपार्न अवरोध गरेका छन् । महिनौंदेखिको फोहोरको व्यवस्थापन नगर्ने अझ थप फोहोर थुपार्नाले दुर्गन्ध पैmलिएर स्वास्थ्यमा असर हुने भन्दै स्थानीयवासीहरुले अवरोध गरेका छन् ।

उनीहरुले आज महानगरपालिकाका गाडीहरुलाई भित्र जान र बाहिर निस्कन रोक लगाएका हुन् । उनीहरुले ट्रान्सफर सेन्टरको गेटमा ताला लगाईीदएका छन् । बञ्चरेडाँडाको अवरोध नखुल्दासम्मका लागि उक्त ठाउँमा महानगरले फोहोर थुपार्न खोजेको थियो ।

फोहोरको दुर्गन्ध नपैmलिने केमिकल छकर्ने गरिएको भए पनि स्थानीयले स्वास्थ्यमा गम्भीर असर पार्छ भन्दै अवरोध गरेका हुन् । उपत्यकामा स्थानीय चुनाव अघिदेखि नै फोहोरको समस्या झन् बढ्दै गएको छ ।

फोहोर उठाउने र विसर्जन गर्ने प्रक्रिया विथोलिंदै आएकोमा ल्याण्डफिल्ड साइटका स्थानीयलाई उचालेर फोहोरमा राजनीति गर्दा समस्या झन् विकराल बन्दै आएको छ ।

Categorized in समाज