महानगरले जात्रालाई मध्यनर राखी भित्री वस्तीका फोहोर उठायो
SamacharDesk | २०७९ श्रावण २७, शुक्रबार

नेवार समुदायको प्रमुख पर्व गुँपुन्हि तथा गाइजात्रालाई मध्यनजर राखी काठमाडौं महानगरपालिकाको भित्री शहरको फोहोर गएराती उठाएको छ ।
जात्रामा परिक्रमा गर्ने १२ वडाहरुमा थुप्रिएको फोहोर महानगरले गएरातीदेखि नै उठाएको छ । तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको छ ।
महानगरपालिकाको हिजो बसेको कार्यपालिका वैठकमा वडा सदस्यहरुले कम्तिमा गाइजात्रा परिक्रमा गर्ने क्षेत्रको फोहोर जसरी पनि उठाउनु पर्ने भनेपछि महानगपालिकाले रातारात भित्री शहरको फाहोर उठाएको हो ।
कार्यपालिकाको वैठकमा मेयर बालेन्द्र शाहले आजैदेखि बञ्चरेडाँडाको गतिरोध खोल्ने गरी कुरा भईरहेको जानकारी दिनुभएको थियो ।
बञ्चरेडाँडाका स्थानीयले नयाँ नयाँ माग राख्दै अवरोध गरिरहेकाले उपत्यकामा हप्तौंदेखि फोहोर थुप्रिएको छ ।
Categorized in स्थानीय