arin enterprises

फोहोरमा कुहिएको राजनीति नगर्न मेयर शाहको आग्रह

SamacharDesk | २०७९ श्रावण ३०, सोमबार

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले उपत्यकाको फोहोर व्यवस्थापन गर्नमा यहाँ सत्तापक्षबाटै कुहिएको खेल खेलिएको र असहयोग भएको भन्द आपत्ती जनाउनु भएको छ ।

महानगरबाट एक विज्ञप्तिमार्पmत आपत्ति जनाउँदै मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गर्नुभएको छ ।

एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग गर्ने खेल किन हुन्छ भन्दै धेरै असभ्य र स्वार्थी नबन्न आग्रह गर्नुभएको छ । मेयर शाहले फोहोरको थुप्रो लगाएर त्यसभित्र झन् कुहिएको खेल खेलेर राजनीति नगर्न पनि सबैलाई अपील गर्नुभयो ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी नगरपालिका वडानम्बर १ का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले विज्ञप्ति जारी गरेपछि मेयर शाहले आपत्ति जनाउनु भएको हो ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन् ।

फोहोरमा फोहोरी राजनीति भएको कारणले गर्दा नै उपत्यकामा फोहोर व्यवस्थापनको समस्या झन् झन् विकराल बन्दै गएको छ । सडकछेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै हुँदा यसले उपत्यकालाई दुर्गन्धित बनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, ब्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ ।

Categorized in समाज