arin enterprises

भारतले ७५औं स्वतन्त्रता दिवस मनाईंदै

SamacharDesk | २०७९ श्रावण ३०, सोमबार

भारतले आज ७५औं वर्षगाँठ मनाइरहेको छ । बेलायती उपनिवेशबाट मुक्त भएको ७५ बर्ष पूरा गरेको उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईदै छ ।

स्वतन्त्रता दिवस मनाउन भारतभर आज कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । हर घर तिरङ्गाको नारासहित भारतले स्वतन्त्रताको ७५औं वर्षगाँठ मनाईरहेको हो ।

नयाँ दिल्लीस्थित लालकिल्लामा विशेष समारोह आयोजना गरिएको छ । १० हजार सुरक्षाकर्मीबीच भएको कार्यक्रममा सात हजार पाहुना सहभागी कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डोत्तलन गर्नुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले वितेका ७५ वर्षमा भारतले आफूलाई प्रमाणित गरेको धारणाा राख्नुभयो । विश्वले अहिले भारततर्फ हेरिरहेको भन्दै उहाँले पूर्वीय सभ्यता, समृद्धि र आधुनिकतालाई जोड्न भारत सक्षम भएको जिकीर गर्नुभयो ।

विशेष समारोहस्थल लालकिल्ला वरपरको पाँच किलोमिटर क्षेत्रमा चङ्गा उडाउन पनि रोक लगाईएको छ भने सडकमा हिंड्नेहरुलाई कारको साँचो बोक्न समेत बन्देज लगाइएको छ ।

भारत सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय