arin enterprises

बामदेव गौतम हँसिया हतौडा चिन्ह लिएर चुनाव लड्ने

SamacharDesk | २०७९ श्रावण ३१, मंगलबार

बामदेव गौतमले माओवादी केन्द्रको चिन्ह हँसिया हतौडा चिन्ह लिएर चुनाव लड्ने भएको छ ।

केही समय अगाडि राष्ट्रिय एकता पार्टी खोल्नु भएका गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै उहाँले जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताउनुभयो ।

नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा आफू हार्ने निश्चित भएको भन्दै हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गर्नुभयो ।

उहाँले आउँदो निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भुमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने गौतमको दाबी छ । निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गर्नुभयो ।

केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताउनुभएको थियो ।

Categorized in राजनीति