arin enterprises

नक्सा विपरीतका संरचना प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

SamacharDesk | २०७९ भाद्र ६, सोमबार

काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन थालेको छ ।

काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल र गोदामहरु हटाउन भनेको महानगरपालिका आजदेखि फिल्डमै उत्रिएको हो ।

काठमाडौंका मेयर बालेन्द्र शाहल आफैं बानेश्वर क्षेत्रमा पुगेर अण्डरग्राउण्डमा राखिएका पसलहरु हटाउने अभियान शुरु गर्नुभएको हो । भवन निर्माण गर्दा पार्किङको नक्शा पास गरेका तर पार्किङको सट्टा पसल र गोदामका लागि भाडामा लगाएका स्थानका पसलहरु हटाउन थालिएको हो ।

महानगरका सबै वडा र टोलमा अनुगमन गरेर जुन प्रयोजनका लागि नक्शा पास गरिएको सोही प्रयोजनमा प्रयोग गराउने पनि महानगरपालिकाले जनाएको छ ।

Categorized in समाज