arin enterprises

जुत्ता, चप्पल व्यापार मेला सुरु

SamacharDesk | २०७९ भाद्र ६, सोमबार

काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ता चप्पल व्यापार मेला शुरु भएको छ ।

फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला सुरु भएको हो । मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको छ ।

मेलामा ग्राहकहरुले भारी छुटका साथ गुणस्तरीय सामान पाउने आयोगकको दाबी छ ।

मेलाको आयोजनाको मुख्य उद्देश्य उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशौँ जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेला भदौ २० गतेसम्म सञ्चालन हुनेछ । मेलाका संयोजक, फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताउनु भयो ।

बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ता चप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताउनु भयो ।

Categorized in बिजनेस