arin enterprises

रत्नपार्कको सब–वेमा निर्मित अवैध संरचना हटाइयो

SamacharDesk | २०७९ भाद्र १३, सोमबार

अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले हिजो पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । उसले रत्नपार्कस्थित सव–वे भत्काएको छ ।

पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब-बे ।

तर पछिल्लो समय प्रवेशद्धार नै छाकिने गरी पसल कबलहरु राखेकाले यो व्यापारिक थलो झै बनेको थियो । पैदल यात्रुहरुलाई हिँड्न नै असहज भएपछि सब(वेको मुखमा फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना मेयर बालेन साहले हटाउन निर्देशन दिएका थिए ।

नगर प्रहरी टोलीले यहाँका तीन वटा सटर भत्काएको हो । अनाधिकृत बनाइएका अन्य सटर भने सम्बन्धित ब्यबसायीहरुले आफंै भत्काउने भनेपछि छोडिएको नगर प्रहरीले जनाएको छ ।

पछिल्लो समय पार्किङका लागि भनेर बनाइएका बेसमेन्टका संरचना ब्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएसंगै महानगरले यस्ता संरचनाहरु धमाधम भत्काउन थालेको छ ।

Categorized in स्थानीय