कमेडियन सिंह प्रहरी हिरासतमा
SamacharDesk | २०७९ भाद्र १३, सोमबार

कमेडियन अपूर्व क्षितिज सिंहलाई हिजो आइतबार विहान प्रहरीले पक्राउ छ ।
“कमेडी क्याफे” नामक स्ट्यान्डअप कमेडीमा नेवाःहरुको अपमान हुने किसिमले व्यंग्य गरेकोले प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेवाः समुदायमाथि प्रहार गरेको भन्दै शुक्रबार नेवाः अभियन्ताहरुले विरोध गरेर जिल्ला प्रहरी कार्यालय टेकूमा उजुरी दर्ता गरेका थिए ।
कमेडी क्याफे नामक कार्यक्रममा सिंहले स्ट्यान्डअप कमेडीबाट नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो ।
जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ । सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको छ । सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन् ।
सिंहविरुद्ध जाहेरी दर्ता पछि अभियन्ता सुमन सायमीले ‘आज हाम्रो समुदायमाथि प्रहार गर्यो् । भोलि फेरि अर्को समुदायमाथि प्रहार गर्ला । यसले सामुदायिक सद्भाव भत्काउँछ,’ उनले भने, ‘तीन वटै जिल्लाका मानिसहरू यहाँ आइपुगेका छन् ।
हाम्रो भाषा, खाना, महिला, ठाउँ सबैलाई लक्षित गरी प्रहार गरेको छ । उनीमाथि र यो कमेडी क्याफेका सञ्चालकमाथि कारबाही हुनुपर्छ ।’
प्रहरीले हिजै सिंहविरुद्ध म्याद थप गरेको छ भने अपहेलना मुद्दा पनि दर्ता गरेको जानकारी प्राप्त भएको छ । सिंहले आप्mनो बचाऊका निम्ति शुक्रबारै सामाजिक संजालमा आपूmबाट रिसर्चमा कमी भएको भन्दै गल्ती स्वीकार्दै माफी समेत माग्नु भएको थियो ।
Categorized in राष्ट्रिय