arin enterprises

असनका अवैध संरचना हटाउँदै महानगर

SamacharDesk | २०७९ भाद्र २१, मंगलबार

अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाले मंगलबार असन क्षेत्रका अबैध संरचना र फुटपाथ व्यापार हटाउन थालिएको छ ।

असनदेखि इन्द्रचोकसम्मका व्यापारीहरुले आप्mनो पसलभन्दा बाहिर आएर फुटपाथ पुरै कब्जा गरी व्यापार व्यवसाय गर्दा सडकमा हिँड्डुल गर्न निकै सास्ती भोग्नुपर्ने अवस्था रहेको छ ।

आज असन क्षेत्रका अवैध संरचना हटाउँदै प्रहरी प्रमुख राजु पाण्डेले इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । उनले असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु हटाउन निर्देशन दिएको दिएको छ ।

यस अघि इन्द्रचोक क्षेत्रको मन्दिर, सम्पदा क्षेत्रमा रहेको पसलहरु खाली गराएको छ । त्यसैगरी अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको ार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाएको थियो ।

काठमाडौं महानगरपालिकाको अल्टिमेटमपछि इन्द्रचोकमा रहेको मन्दिर क्षेत्रको पसल हटेको छ । सो आदेशपछि मन्दिर क्षेत्रको पसलहरु खाली देखिएको छ । यस अघि मन्दिर भरी कपडाहरु राखी व्यापार गरेको पाईन्थ्यो ।

इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल९माटोको भाँडा कुँडा०को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।

Categorized in स्थानीय