किशोरीलाई बलात्कार गरेको अभियोगमा सन्दिपविरुद्ध उजुरी, पललाई सफाई
SamacharDesk | २०७९ भाद्र २२, बुधबार

१५ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ ।
किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृतमा परेको हो । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
किशोरीकी साथीले घटना बाहिर ल्याएको बताइएको छ । सन्दीप केन्याविरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि बलात्कारको घटना भएको दाबी गरिएको छ । सन्दीप यतिवेला क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्ने सिलसिलामा वेष्ट इन्डिजमा रहेका छन् । नाबालिगको नाम भने सार्वजनिक गरिएको छैन ।
उता किशोरीलाई बलात्कार गरेको मुद्दा परेका अभिनेता पल शाहलाई हिजो नवलपुर जिल्ला अदातलले सफाई दिएको छ । यद्यपि उनलाई बाल यौन दुरुपयोग मुद्दामा साढे २ वर्ष थुनामा राख्न आदेश दिएको छ ।
न्यायायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा साढे २ बर्षको कैद सजाय सुनाएका हुन ।
त्यसबाहेक २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति पीडितलाई दिन पनि आदेश दिइएको छ । शाहविरुद्ध गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो ।
किशोरीका बुवाले दायर गरेको जाहेरीमाथि न्यायाधीश आचार्यको इजलासले हिजो सुनुवाइ गर्दै जबर्जस्ती करणी नभई बालयौन दुरुपयोग भएको फैसला गरेको हो । यो फैसला लगत्तै पल शाह जेल चलान भएका छन् ।
Categorized in समाज