arin enterprises

पहिरोले पुरिंदा एकै परिवारको तीनको मृत्यु

SamacharDesk | २०७९ भाद्र ३०, बिहिबार

काभ्रेको बेथानचोकमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर ४ को चलाल गणेशथानमा गएराति पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ, ४४ वर्षिय मीरबहादुर तामाङ र ४० वर्षिया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

लुदुलुङ आमा हुन भने सावित्री र मीरबहादुर उनका छोराछोरी हुन् । आमाको घटनास्थलमै र छोराछोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Categorized in समाज