ललितपुरमा अतिरुद्राभिषेक शुरु
SamacharDesk – शिवेश शर्मा | २०७६ चैत्र २, आइतबार

देशमा शान्ति र देशवासीको सुस्वास्थ्य र दीर्घायूको कामनासहित ललितपुरको कुम्भेश्वरमा अतिरुद्राभिषेक शुरु गरिएको छ ।
रुद्राभिषेकमा प्रत्येक विहान २४ जना राजोपाध्याय देव ब्राम्हणबाट पाठ हुँदैछ । २२ जना ब्राम्हणबाट रुद्रि पाठ हुँदैछ भने १ जनाबाट दुर्गा सप्तसती चण्डी पाठ र १ जनाबाट पान्चायण पाठ गरिँदैछ ।
चैत्र १ गतेबाट शुरु भएको यो रुद्राभिषेक पूजा चैत्र महिनाभर चल्नेछ । रुद्राभिषेक पूजा चैत्र महिनाको प्रत्येक बिहान ६ः३० देखि ९ बजेसम्म हुने बताइएको छ ।
संसारभरि कोरोना भाइरस कोभिड १९को त्रास फैलिरहेको समयमा ललितपुरमा देशवासीको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै अतिरुद्राभिषेक गरिएको हो । ललितपुरमा ४१ वर्ष पछि यसरी अतिरुद्राभिषेक गरिएको हो ।
यसभन्दा अघि ललितपुरमा वि.सं. २०३५ सालमा रुद्राभिषेक पाठ गरिएको हो ।
लघुरुद्रि, महारुद्रि लगायतको रुद्राभिषेक मध्ये अतिरुद्राभिषेकलाई श्रेष्ठ मानिएको छ ।
