arin enterprises

महानगरले डोजर लगायो वीर अस्पताल अगाडिका औषधी पसलहरुमा

SamacharDesk | २०७९ आश्विन ६, बिहिबार

काठमाडौ महानगरपालिकाले अनधिकृत बनाइएका संरचना भत्काउने क्रममा वीर अस्पताल अगाडिका औषधि पसलहरु हटाएको छ ।

वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा  र त्यसमा चलाइएका पसलहरू हटाएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा सो परिसरमा दशकौंदेखि सञ्चालित केही औषधी पसल र किराना पसल भत्काइको हो ।

महानगरले नक्सा पास नगरी बनाइएका संरचना भत्काउन शुरुमा ३५ दिने सुचना जारी गरेको र पछि मौखिक र लिखित रुपमा पसल खाली गर्न ताकेता गरेको थियो ।

तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको पसल संचालकहरुले बताएका छन् ।

केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए । महानगरले भने सुचना प्रकाशित गर्दा पनि अटेर गरी बसेका औषधी व्यवसायीहरुलाई महानगरपालिकाले पुन २४ घण्टामो अल्टिमेटम दिएर हटाएको बताएका छन् ।

महानगरको डोजर आएपछि नागरिकको भीड थामिनसक्नु थियो । महानगरको यो अभियानको अधिकांशले समर्थन गर्दा केहीले भने चाडबाडको मुखमा गरिएको यो अभियान ज्यादतीपूर्ण भन्दै विरोध जनाएका छन् । महानगरले खाली गरिएको ठाउँमा पार्क बनाउने योजना बनाएको छ ।

महानगरले डोजर अभियान चलाएपछि अनधिकृत बनाइएका संरचना कतिपय घरधनी आफैंले भत्काउन थालेका छन् ।

Categorized in स्थानीय