arin enterprises

सम्भावित दुर्घटना रोक्न आजदेखि यान्त्रिक परीक्षण

SamacharDesk | २०७९ आश्विन ९, आइतबार

दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले आजदेखि लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण गृह मन्त्रालयले अनिवार्य गरिएको छ ।

यान्त्रिक परीक्षण गर्नका लागि सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको परीक्षणक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

यात्रुको बीमा गरिएको हुनुपर्ने, लामो दूरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।

Categorized in समाज