arin enterprises

प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता, गुरूमार्ग युवा क्लब विजेता

SamacharDesk | २०७९ आश्विन ९, आइतबार

काठमाडौं । प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ ।

काठमाडौं महानगरपालिका वडा-८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५-२ गोल अन्तरले हराउदैँ गुरूमार्ग युवा क्लब विजेता भएको हो ।

खेलको शुरूवाती चरणमा सिर्जनशील युवा क्लबले अग्रता लिएको भएपनि पछिल्लो समय खेललाई लयमा फर्काउदैँ गुरूमार्ग युवा क्लबले जीत हासिल गरेको हो । उक्त प्रतियोगितामा बेष्ट टीमको ट्रफी सन्ध्या पुस्तकले हात पारेको छ । भने, बेष्ट किप्पर अफ द म्याचको ट्रफि सनिर श्रेष्ठले हात पारेका छन् ।

त्यस्तै, प्रतियोगितामा बेष्ट किपरको ट्रफी सञ्जिव तामाङले हात पारेका छ्न् भने, सबैभन्दा धेरै गोल हानेर हाइजर गोलको ट्रफि सुप्रिम डंगोलले हात पारेका छन् । त्यस्तै, बेष्ट प्लेयर अफ द सिजनको ट्रफी मनिश सेढाईले पाएका छन् । खेलमा बिजेता खेलाडीहरूलाई पुरस्कार सहित ट्रफी मेडल तथा चेक प्रदान माननीय सांसद गगन कुमार थापाले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा कामपा वडा-८ का वडा अध्यक्ष आशामान संगतले, बिजेता खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै वडाअध्यक्ष कप फुटसल प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तर दिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सभापतिका रूपमा कमपा-८ का वडा अध्यक्ष आशामान संगत रहनु भएको थियो भने, प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा रहनु भएको थियो ।

प्रथम वडाअध्यक्ष कप फुटसल प्रतियोगिताका विजेता टीमले नागद पचास हजार सहित प्रमाणपत्र, ट्रफी तथा मेडल हात पारेका छन् भने, उप विजेता टीमले नगद पच्चीस हजार, ट्रफी, मेडल सहित प्रमाणपत्र हात पारेको छ ।

उक्त प्रतियोगितामा कामपा – ८ भित्रका आठ ओटा क्लबहरूका आठ ओटा टीमहरू।सहभागी रहेका थिए । जसमा सन्ध्या पुस्तकालय, जयवागेश्वरी युवा क्लव, गुह्येश्वरी विनायक युवा क्लव, नव अमरकान्तेश्वर युवा समुह, गुरूमार्ग युवा क्लव, तिलगंगा युथ एलाईन्स, पशुपति सिर्जनशील युवा क्लव तथा श्री देउला समाज सहभागी रहेका थिए ।

प्रतियोगिता असोज ३ गतेदेखि ८ गतेसम्म एरिना फुटसलमा आयोजना भएको हो । उक्त कार्यक्रम सञ्चालन रामेश्वर संगत ले गर्नुभएको थियो ।

Categorized in स्पाेर्ट्स