arin enterprises

सरकारद्वारा शताब्दी पुरुष जोशी तथा राष्ट्रिय गान रचयिता ब्याकुल माइलाई सहयोग

SamacharDesk | २०७९ आश्विन १०, सोमबार

सरकारले संस्कतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

शताब्दी पुरुष जोशी केही दिनदेखि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई डेंगी तथा पिसाब इन्फेक्सनका कारण अस्पताल भर्ना हुनुभएको बताइएको छ ।

त्यस्तै सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)को सहज जीवन यापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभयो ।

यस्तै सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

Categorized in समाज