चाडपर्वको नाममा फुटपाथ व्यापारीप्रति लचिलो हुन नसक्ने मेयर शाहको प्रष्टोक्ति
SamacharDesk | २०७९ आश्विन १३, बिहिबार

दशैं जस्ता चाडपर्वको नाममा फुटपाथ व्यापारीलाई छुट दिन नमिल्ने मेयर बालेन शाहले प्रष्ट पार्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका फुटपाथ पैदल यात्रीको हो भन्ने यथार्थ स्थापित गराउन लागिपरेकाले पर्वका नाममा लचिलो नहुने बताउनु भएको हो ।
उहाँले हाम्रो काठमाडौं शहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउन प्रतिवद्ध रहेको बताउनुभयो ।
मेयर शाहले महानगरपालिकामा गर्नुपर्ने नीतिगत सुधार गर्न आपूm कहिल्यै पछि नहट्ने समेत बताउनु भयो ।
पैदलयात्रीको आवागमनलाई सहज बनाउन फुटपाथको उपयोग सहज र सरल हुनुपर्ने भन्दै मेयर शाहले फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिने प्रष्ट पार्नुभएको छ ।
सडक व्यापारले पैदल यात्रीलाई बाधा गरेको कुरा सवैले महसुस गरेको विषय हो भन्दै उहाँले फुटपाथमा निर्वाध हिँड्न पाउने अधिकार स्थापित गराउने बताउनु भएको छ ।
Categorized in स्थानीय