arin enterprises

मेसीले च्याम्पियन्स लिगको खेल गुमाउने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आश्विन २६, बुधबार

फ्रेन्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसीले च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन् ।

पिंडौलामा समस्या भएको कारण मेसीले मंगलबार हुने च्याम्पियन्स लिग अन्तर्गत बेन्फिका विरुद्धको खेल गुमाउने भएका हो ।

३५ वर्षीय मेसीले गत शनिबारको लिग वानअन्तर्गत रेम्सविरुद्धको खेल पनि गुमाएका थिए । जस कारण पिएसजीले यो सिजन पहिलोपटक लिगमा गोल गर्न सकेको थिएन ।

पिएसजी च्याम्पयन्सिप लिगमा सात अंकसहित समूह एचको शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स