बेन्जिमाले जिते बालोन डि ओर अवार्ड
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १, मंगलबार

करिम बेन्जिमाले उत्कृष्ट फुटबलरको अवार्ड बालोन डि ओर जितेका छन् । गत सिजन गरेको प्रर्दशनका आधारमा रियल म्याड्रिड तथा फ्रान्सका फरवार्ड खेलाडी बेन्जिमाले पहिलो पटक बालोन डि ओर अवार्ड जितेका हुन ।
गत सिजन बेन्जिमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन ४६ खेलमा गरको ४४ गोलको गर्दै महत्वपूर्ण भूमिका निभाएका थिए ।
यस्तै गत वर्ष गरेको प्रर्दशनमा आधारमा लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए ।
बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।
बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो स्थानमा रह्यो ।
Categorized in स्पाेर्ट्स