arin enterprises

फेरी भूकम्पको धक्का

SamacharDesk – बिराज | २०७९ कार्तिक २, बुधबार

सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भएर भूकम्प गएको ४६ मिनेटमा फेरी अर्को भूकम्प गएको छ ।

दिउँसो ३ बजेर ५३ मिनेटमा फेरी भूकम्पको धक्का महसूस गरिएको हो ।

फेरी पनि सिन्धुपाल्चोकको नेपाल चीन सिमानामै केन्द्रविन्दु भएर ४ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यस अघि आजै दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको नेपाली चीन सिमाना नै केन्द्रविन्दु हुँदै ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पबाट कुनै प्रकारको क्षतिको विवरण हालसम्म आएको छैन ।

Categorized in समाज