दुई पटक टी–२० च्याम्पियन वेस्ट इन्डिज विश्वकपवाट बाहिरियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक ४, शुक्रबार

आयरल्यान्ड आईसीसी टी–२० विश्वकपको सुपर १२ मा पुगेको छ । शुक्रबार दिउँसो भएको खेलमा दुई पटक टी–२० विश्वकपका च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै आयरल्यान्ड सुपर १२ मा पुगेको हो ।
खेलमा वेस्टइन्डिजले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १७.३ ओभरमा मात्र १ विकेट गुमाएर पार ग¥यो ।
आयरल्यान्डको जितमा पउल स्टर्लिङले सर्वाधिक ६६ रन बनाउँदै अविजित रहे। उनले ४८ बल खेलेका उनले ६ चौका २ छक्का प्रहार गरेको । कप्तान एन्ड्रयु बालबिर्नीले ३७ रन जोड्डम लोर्कान टर्कर ४६ रनमा अविजित रहे ।
बलिंगमा वेष्टइन्डिजका अकेल होसेनले १ विकेट लिए ।
त्यसअघि होबार्टमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । वे
स्टइन्डिजका लागि ब्रेन्डन किंगले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । उनले सर्वाधिक ६२ रन बनाए । जोहनसन चार्ल्सले २४ रन बनाउँदा ओडेन स्मिथले १९ रन बनाए ।
इविन लेविस र कप्तान निकोलस पुरनले १३–१३ रन जोड्डा रोभम्यान पावेलले ६ रन जोडे ।
आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक ३ विकेट लिए। सिमि सिंह र ब्यारी म्याकर्थीले एक–एक विकेट हात पारे।
यो जितसँगै आयरल्याण्ड सुपर १२ मा पुग्ने ११ औं टोली भएको छ । सन् २०१२ र २०१६ को टी–२० विश्व च्याम्पियन वेस्ट इन्डिज यसपालि पहिलो चरणबाटै बाहिरिएको हो ।
यस्तै आजै हुने स्कटल्यान्ड र जिम्बावेबीच दिउँसो हुने दोस्रो खेलले सुपर १२ मा पुग्ने अन्तिम टोली छनोट हुनेछ ।
समूह ए बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगिसकेका छन् । श्रीलंका सुपर १२ को समूह ए र नेदरल्यान्ड्स समूह बी मा रहनेछन् ।
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेताको रुपमा श्रीलंका र समूह बी को उपविजेता रहने छन् ।
सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेताको रुपमा नेदरल्यान्ड् रहनेछन् ।
त्यसतै सुपर १२ को खेल शनिबारदेखि सुरू हुनेछ।
Categorized in स्पाेर्ट्स