arin enterprises

देउसी–भैलो खेल्न समय तोकियो

SamacharDesk | २०७९ कार्तिक ६, आइतबार

काठमाडौं जिल्ला प्रशासनले तिहारमा देउसी–भैलो खेल्न समय तोकिदिएको छ ।

उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

आतिसबाजी नगर्न र पटाका नपड्काउन माइकिङ सुरु गरिएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ ।

सो दुर्घटनामा परेर एकै परिवारका ४ जनाले ज्यान गुमाएका थिए । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Categorized in समाज