arin enterprises

पटका बरामद

SamacharDesk – राम डंगोल | २०७९ कार्तिक ६, आइतबार

फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गर्न शुरुवात गरेको छ ।

प्रहरीले फिदिम बजारका विभिन्न पसलहरुमा खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो ।

बरामद गरिएको पटका आहाल गैरी, पल्लोटार, शनिबार क्षेत्रबाट बरामद गरिएको हो । बजार आसपास क्षेत्रमा तिहार आउनु अगावै पटका पड्किरहेको अवस्था थियो । पटकाबाट विभिन्न खालका दुर्घटना हुनबाट बच्नलाई प्रहरीले खोजतलासमा तिब्रता दिएको छ ।

उक्त बरामद पटकाहरु जनप्रतिनिधिहरूको रोहवरमा डिस्पोज गरिने प्रहरीका सूचना अधिकारी राईले बताउनुभयो । पटका बेच्ने व्यापारीलाई कानूनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

Categorized in अपराध