arin enterprises

पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक ६, आइतबार

अष्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५९ रन बनायो ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक प्रहार गरे।

इफ्तिखरले ३४ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५१ जोडे । यस्तै शान मसूदले  ४२ बलमा ५ चौकाको मद्दतमा नटआउट ५२ रन जोडे । ८ बलमा १ चौका र १ छक्काको मद्दतमा शाहीन साह अफ्रिदीले १६ रन आउट भए ।

त्यसअघि ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर अजाम सस्तैमा आउट भए । रिजवान ४ रन र बाबर शून्यमा आउट भए ।

पाकिस्तानका शादब खान ५ रन, हैदर अली २ रन,  मोहमद नवाज ९ रन र आसिफ अली २ रनमै आउट भएका थिए। शादब, हैदर र नवाजलाई भारतका हार्दिक पाण्ड्याले आउट गरेका थिए ।

बलिङमा भारतका अर्शदीप र हार्दिक पाण्ड्याले ३–३ विकेट लिए। भुवनेश्वर कुमार र मोहमद सामीले १–१ विकेट लिन सफल भए।

Categorized in स्पाेर्ट्स