लकडाउनको चौथो दिन : फोटोफिचर
सारा विश्वमा कोरोना भाइरस कोभिड १९ ले प्रभाव पारिरहेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेन । नेपालमा आजसम्ममा चार जनामा यस भाइरसको संक्रमणको पुष्टि भइसकेको छ । ती चार मध्ये एक जना उपचार पछि निको भइ घर फर्किसके भने तीनजना उपचाररत छन् ।
नेपालभित्र यस भाइरसको रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा छ । आज लकडाउनको चौथो दिन हो । अघिल्लो तीन दिनको तुलनामा चौथो दिन सफल देखिन्छ । अघिल्लो दुइ दिन मान्छेहरुको भीडभाड नै देखिने काठमाडौंका बाटोहरु तेश्रो दिनबाट सुनसान देखिन थाले भने चौथो दिन झनै सुनसान बनेको छ ।
लकडाउनको चौथो दिनमा काठमाडौंका विभिन्न भागको केही फोटोहरु यहाँ प्रस्तुत गरिएको छ ।
- बिराजकाजी राजोपाध्याय

सुन्धाराबाट त्रिपुरेश्वरको बाटो

सुन्धारबाट शहिदगेटको बाटो

सुन्धारबाट शहिदगेटको बाटो

सुन्धारबाट न्यूरोडको बाटो

सुन्धारबाट न्यूरोडको बाटो (सुन्धाराको आकाशे पुलबाट)

न्यूरोड गेट

न्यूरोड गेटबाट जुद्ध शालिकको बाटो

न्यूरोड गुच्चाटोलमा थुप्रिएको फोहर

जुद्ध शालिकबाट न्यूरोड

वसन्तपुर

वसन्तपुरस्थित उमा महेश्वर मन्दिर

वसन्तपुरस्थित कुमारीघर

हनुमानढोका दरवार परिसर

हनुमानढोका दरवार परिसरमा अवस्थित कालभैरव

हनुमानढोका दरवार परिसरमा विदेशी पर्यटकहरु

यट्खा
