जर्मनीमा न्हूदँको कार्यक्रम सम्पन्न
SamacharDesk – बिराज | २०७९ कार्तिक १३, आइतबार

जर्मनीस्थित नेवाःखल हम्बर्ग परिवारले नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेको छ ।
नेपाल सम्वत ११४३ को साथमा नेपालीहरुको दोश्रो महान चाड तिहारको अवसरमा खलःले नेवाः भोज र साँस्कृतिक कायक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै बिश्व नेवाः संगठनकी उपाध्यक्ष रजनी प्रधानले प्रवासमा रहेका नेपालीहरुले नेपालकै पहिचानको रुपमा रहेको नेवाः नाचगान, बाजागाजा, पहिरन, परिकारको साथै चाडपर्वहरुको संरक्षणमा जुट्नुपर्ने विचार राखिन् ।
आफ्नो कर्मथलो परदेश भए पनि जन्मथलोको सम्झना आउने कार्यक्रमहरु गर्दै जानुपर्ने सुझाव प्रधानले दिइन् ।
जर्मनको हम्बर्ग शहरमा भएको कार्यक्रममा बेल्जियम, फ्रान्स, लण्डनलगायत जर्मनको बिभिन्न शहरहरुबाट करिव ६ सय जनाको सहभागीता रहेको संस्थापक अध्यक्ष एवं संरक्षक कुमार नापितले जानकारी दिए ।
कार्यक्रममा स्थानीय जर्मन नागरिकहरुको समेत उपस्थिति रहेको आयोजकले बताएको छ । कार्यक्रमहरु लोकप्रिय कलाकारहरुको प्रस्तुति, नेवाः भोजको साथमा शुभकामना आदानप्रदान गरिएको थियो ।
Categorized in समाज