बहुआयामिक विकासमा केन्द्रीत हुने श्रेष्ठको भनाई
SamacharDesk – बिराज | २०७९ कार्तिक १७, बिहिबार

आउँदो मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा (एस) बाट उम्मेदवार जीवनराम श्रेष्ठले बहुआयामिक विकासमा केन्द्रीत हुने बताएका छन् ।
आज घरदैलो अभियानको पहिलो दिन मतदाताहरुसँग कुरा गर्दै श्रेष्ठले बहुआयामिक विकासमा केन्द्रीत हुँदै आफ्नो निर्वाचन क्षेत्रलाई नमूना क्षेत्रको रुपमा विकास गर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका उम्मेदवार श्रेष्ठले शहरलाई आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रूपमा अगाडी बढाउने प्रतिबद्धता पोख्दै आफ्नो क्षेत्रलाई सांस्कृतिक र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने बताउनुभयो ।
‘अघिल्लो पटक म सांसद हुँदा आफ्ना प्राय सबै प्रतिवद्धता पूरा गरेको छु । अब शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटनसँगै बहुआयमिक विकासमा केन्द्रित भएर काम गर्नेछु’ श्रेष्ठले भने ।
आज बिहिबार काठमाडौँ ८ को भगवान पाउ, विज्येश्वरी, बडेगाल, फुर्के सल्ला, तल्लो बिजेश्वरी, सशुख्वाट मार्ग र डल्लु चौतारा क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले मतदाताहरुलाई भेटेका थिए ।
श्रेष्ठले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (एस) पार्टीबाट उम्मेदवारी दिएका छन् ।
Categorized in राजनीति