६२ प्रतिशत जति मात्रै मतदान
SamacharDesk – बिराज | २०७९ मङ्सिर ४, आइतबार

आज (मंसीर ४ आइतबार) सम्पन्न आम निर्वाचनमा मतदातामा उत्साह कम भएको देखिएको छ । आज प्राय मतदान केन्द्रहरु सुन्य सुन्य नै देखिएका थिए ।
विहान पुरै खाली खाली जस्तै देखिएको मतदान केन्द्रहरुमा दिउँसो तिर भने केही भीडभाड देखिएको थियो । तर दिउँसो पनि प्राय मतदाताहरुले मतदान केन्द्रमा पुग्ने वित्तिकै लाइन नै नबसी खुरुखुरु मत खसाल्न पाएका थिए ।
यद्यपि यस पटकको निर्वाचनमा विगतको तुलनामा सवारी आवागमनको स्थिती केही खुकुलो बनाइएको थियो ।
निर्वाचन आयोगका अनुसार आज सम्पन्न निर्वाचनमा जम्मा ६२ प्रतिशतको हाराहारीमा मात्र मतदान भएको छ । आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार जम्मा ६२ प्रतिशत मात्र मतदान भएको बताइएको हो ।
सबै विवरण आएपछि यो आङ्कडा केही बढ्न सक्ने पनि आयोगले जनाएको छ ।
Categorized in राजनीति