arin enterprises

काठमाडौं–८ मा लौरोले लियाे अग्रता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७९ मङ्सिर ५, सोमबार

आइतबार सम्पन्न आम निर्वाचनमा क्षेत्र नम्बर ८ को हालसम्मको मतगणना अनुसार हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता लिएका छन् ।

सायमी एक हजार ३३७ मत प्राप्त गर्दै अग्रस्थानमा पुगेका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले एक हजार ९१ मतसहित पछ्याइरहेका छन् ।

तेश्रो नम्बरमा नेकपा (एमाले) का शिवसुन्दर राजवैद्य रहेका छन् । उनले ५८७ मत प्राप्त गरेका छन् ।

अघिल्लो संसदीय निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका जीवनराम श्रेष्ठ भने चौथो नम्बरमा छन् । वर्तमान संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका श्रेष्ठले ४१७ मत पाएका छन् । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082