लतिलपुर २ बाट एमालेका महर्जन विजयी
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७९ मङ्सिर ५, सोमबार

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रेम महर्जन निर्वाचित भएका छन् ।
जम्मा १९ हजार ८३४ मत प्राप्त गर्दै एमालेका महर्जन काठमाडौं उपत्यकाबाट विजयी पहिलो उम्मदेवारसमेत बन्न सफल भएका छन् । यो काठमाडौं उपत्यका भित्रको पहिलो नतिजा हो ।
विजयी उम्मेदवार महर्जन ९ हजार भन्दा बढि मतान्तर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत मात्र प्राप्त गर्न सके ।
त्यसैगरी १० हजार १३६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन तेश्रो स्थानमा परे ।
नेकपा (एस) का कृष्णलाल महर्जनले ९ हजार ५३९ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ७ हजार ७९९ मत पाए ।
Categorized in राजनीति